अर्जुनचौपारीमा क्लबस्तरीय पुरुष भलिबल हुने, विजेतालाई लाख बढीको पुरस्कार

खबरकलम संवाददाता /चैत ८: स्याङ्जाको अर्जुनचौपारीमा वडास्तरीय अन्तरक्लब पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

दरौंखोला युवा परिवारले फागूपर्णिमाको अवसरमा उक्त प्रतियोगिता गर्न लागेको हो। प्रतियोगितामा स्याङ्जा, पर्वत र पाल्पा जिल्लाका गरी २५ क्लबको सहभागिता रहने जानकारी दरौंखोला युवा परिवारका अध्यक्ष किरण काफ्लेले दिए।

उनका अनुसार क्लबस्तरीय यो भलिबल प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशिको प्रतियोगिता हुने छ। उनका अनुसार चैत ११ गतेदेखि १७ गतेसम्म चल्ने भलिबल प्रतियोगिताका विजेताले ट्रफीसहित एक लाख २१ हजार १११ रुपैयाँ, उपविजेताले ८१ हजार १११ रुपैयाँ, तृतीयले ४१ हजार १११ र सान्त्वना हुने टिमले ११ हजार १११ रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्ने छन्।

रामबहादुर रोका यस मिडियाको वरिष्ठ संवाददाता हुन्।

Share Post on Social media