दरौँमा बजारमारालाई पराजित गरेको ओरस्टेलाई उपाधि
राम बहादुर रोकाहा/वैशाख २:स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका -६ दरौँ बजारमारा स्थित खेलमैदानमा बजारमारा युवा परिवारले आयोजना गरेको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आयोजक बजारमारा युवा क्लबलाई पराजित गरेको मिलन युवा क्लब ओरस्टेले उपाधि जितेको छ ।
मिलन क्लब ओरस्टेले बजारमारालाई २५-१६, २५-२२, २५-२७ र ३६-३४ अंकले ३-१ को सेटमा पराजित गर्दै विजेता भएको हो ।
यस्तै, रिठ्ठा झाक्री युवा क्लबले २५-१८ र २५-१९ अंकले २-० को सोझो सेटमा आयोजक `बि´लाई पराजित गरेर तेस्रो स्थान हासिल गरेको हो ।
उक्त प्रतियोगितामा शिल्ड, मेडल र प्रमाणपत्रसहित विजेता मिलन युवा क्लबले नगद ४५ हजार रुपैयाँ, उपविजेता आयोजक बजारमारा युवा क्लब ए´ले २५ हजार रुपैयाँ, तृतीय रिठ्ठा झाक्री युवा क्लबले १५ हजार रुपैयाँ र सान्त्वना आयोजक
बि´ले ७ हजार रुपैयाँ हात पारेको हो ।
विभिन्न विधा अन्तर्गत बेस्ट प्लयेर दिपेश सुनार(बजारमारा), बेस्ट स्पाइकर कृष्ण थापा(ओरस्टे), बेस्ट सेटर अन्जन विश्वकर्मा(ओरस्टे), बेस्ट ब्लकर राम विष्ट(सिमलचौर) र बेस्ट डिफेन्डर अरुण गुरुङ(बजारमारा)लाई मेडल सहितले पुरस्कृत गरिएको क्लबका अध्यक्ष अरुण गुरुङले बताए ।
विजेता र उपविजेतालाई सोही वडाका वडा अध्यक्ष नारायण प्रसाद ढकालले पुरस्कार वितरण गरेका थिए ।
नयाँ वर्ष २०८१ को अवसरमा चैत्र २४ गतेबाट शुरु भएको पुरुष भलिबल प्रतियोगितामा १६ टिमको सहभागी रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्