भारतीय पूर्वकप्तान धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास।

साउन ३१/खबरकलम: विश्वविख्यात क्रिकेट खेलाडी तथा भारतीय पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले आफ्नो इन्स्टाग्रामबाट सक्रिय खेलजीवनबाट सन्यास लिएको बताउँदै आफ्ना सहयोगी र फ्यानहरुलाई धन्यवाद समेत दिएका छन्।

क्याप्टेन कुल, माही आदि उपनामबाट चर्चित उनी भारतका यस्ता खेलाडी र कप्तान हुन्। जसले सबै फरम्याटमा भारतलाई क्रिकेटको उपाधि दिलाएका थिए।

Share Post on Social media