चापाकोट नगरपालिकाको संरक्षणमा खुल्ला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने
सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिकामा आगामी असोज १८ गतेबाट खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। चापाकोट नगरपालिका कार्यालयको संरक्षण र श्री सामुदायिक बालचेतना सामुदायिक कार्यक्रम चापाकोट १० स्याङ्जाको आयोजनामा महान पर्व विजयादशमी २०८१ को पावन अवसरमा असोज १८ गतेदेखि खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता संचालन हुने भएको हो।
क्लबका खेल संयोजक सागर पंगेनीले स्थानीय तहको वडा भित्र सद्भाव बढाउदै क्रिकेट खेलको बिकास गर्न र खेलप्रति आकर्षक बढाउने उद्देश्यका साथ क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले यति मात्र नभई चापाकोटलाई चिनाउन र खेलकुदमा ध्यानाकर्षण गराउन समेत उक्त खेलको आयोजना गरेको बताउनुभयो।वडामा खेलाडीको अभाव देखिएकाले आगामी दिनहरुमा पनि विभिन्न खेलको आयोजना गर्ने उहाँको प्रतिबद्धता छ। क्रिकेट खेलले नेपाललाई चिनाउदै गएकाले यो खेलको विकासका लागि स्थानीय सरकाले समेत ध्यान दिनुपर्ने खेल संयोजक पंगेनीको भनाई रहेको छ।
अहिले नेपालमा क्रिकेटको क्रेज बढ्दै गएकाले राम्रो क्रिकेट खेल्नेले अवसर पाउने र यसबाट जीवन गुजारा समेत गर्न सक्ने समय आएको क्लबका अध्यक्ष सुनिल पंगेनीको भनाइ रहेको छ।
प्रतियोगितामा सहभागीताका लागि असोज १० देखी १८ गते सम्म टिम दर्ताको समय रहेको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार ३० हजार सिल्ड मेडल प्रमाण-पत्र दिईने छ। त्यस्तै दोस्रो हुने टिमले नगद पुरस्कार २० हजार सिल्ड मेडल प्रमाण-पत्र पाउने छन्। त्यस्तै बेस्ट ब्याट्समेनले २ हजार नगद सिल्ड मेडल प्रमाण-पत्र,बेस्ट बलरले २ हजार नगद सिल्ड मेडल प्रमाण-पत्र, म्यान अफ द सिरिजले ३ हजार नगद सिल्ड मेडल प्रमाण-पत्र र म्यान अफ द म्याच हुनेले ५ सय नगद मेडल प्राप्त गर्नेछ्न्।
प्रतियोगितामा सहभागीले टिम दर्ता गर्न आउदा आफ्नो नागरिता प्रमाण-पत्र मतदाता नामावली वा जन्म दर्ता मध्य कुनै एकको फोटोकपि सहित पेस गर्नु पर्ने छ। टिम दर्ता रकम ३ हजार रुपैयाँ लाग्ने छ। सम्बन्धित वडाको टिम वा सम्बन्धित क्लबको टिम भएमा सोहि खेलाडी हुनुपर्ने क्लबको सुचनामा उल्लेख गरिएको छ। खेल गंगालाल माध्यामिक बिद्यालयको खेलमैदान चापाकोट- ९ सुन्तलीटारमा चल्ने छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्