आईसीसीको सबै फरम्याटमा टप ५ भित्र बाबर अजाम

भदौ ३/ खबरकलम: विश्व क्रिकेट जगतको नियमनकारी निकाय आईसीसीले सार्वजनिक गरेको पुरुष क्रिकेट ब्याट्सम्यानको वरियताक्रममा शीर्ष ५ भित्र एक मात्र ब्याट्सम्यान बाबर अजाम परेका छन्।

पाकिस्तानी कोहलीको उपनामसमेतले चिनिने उनी उक्त वरियताक्रममा पर्ने एक्ला खेलाडी हुन्। मोहम्मद बाबर अजामको जन्म १५ अक्टोबर १९९४ मा पाकिस्तानमा भएको हो। उनले १३ अक्टोबर २०१६ मा वेष्ट इन्डिज विरुद्ध टेष्ट क्रिकेटमा डेब्यु गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने जिम्बाब्वे बिरुद्ध ३१ मे २०१५ मा डेब्यु गरेका थिए।

हालको पाकिस्तानी सीमित ओभरको क्रिकेटमा कप्तानी भूमिका निर्वाह गर्ने उनले टि-ट्वान्टी क्रिकेटमा ७ सेप्टेम्बर २०१६ मा इङ्गल्यान्ड विरुद्ध डेब्यु गरेका थिए।

उनी क्रिकेट वरियताक्रममा टि-ट्वान्टी नंबर १, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नंबर ३, र टेष्ट क्रिकेटमा नंबर ५ मा रहेका छन्।

Share Post on Social media