दोस्रो राष्ट्रपति रनिङ शिल्डमा पञ्चकन्या माविका हितबहादुर र घण्टे माविकी बिनिता उत्कृष्ट
मंसिर १०/जीवन अर्याल : अर्जुनचौपारी गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा वृहत् शैक्षिक महोत्सव -२०८१ मा पञ्चकन्या माविका हित बहादुर क्षेत्री र घण्टे माविकी बिनिता जीसी उत्कृष्ट भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको उक्त महोत्सवमा हित बहादुर क्षेत्रीले सात स्वर्ण र एक रजत पदक प्राप्त गरेका थिए । उनले १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले, ४०० मिटर रिले र डोरी तान्ने प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भएका थिए भने कबड्डीमा रजत पदक जितेका थिए ।
त्यस्तै, कक्षा १ – ५ मा सबै भन्दा धेरै बिनिसा जीसीले तीन स्वर्ण र एक कास्य पदक हासिल गरेकी थिइन् । उनले २०० मिटर दौड, ४०० मिटर रिले दौड र लङजम्पमा स्वर्ण पदक हासिल गरेकी थिइन् भने १०० मिटर रिलेमा कास्य पदक जितेकी थिइन् ।
घण्टे माविकी विनिता क्षेत्रीले चार स्वर्ण, २ रजत पदक र २ काँस्य पदक जितिन्।
१०० मि दौड, ४०० मिटर दौड, भलिबल र लङजम्पमा स्वर्ण जितेकी उनले २०० मिटर तथा १६०० मिटर दौडमा रजत पदक हात पारिन्। कबड्डी र त्रिपलजम्पमा भने उनले २ काँस्य पदक जितिन्।
यस्तै, अमरज्योति मावि मार्चपासमा उत्कृष्ट विद्यालय घोषणा भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्