लोकतान्त्रिक मगर संघ स्याङ्जाको दोस्रो अधिवेशनबाट कुमार राना अध्यक्षमा निर्वाचित
पुष १०/स्याङ्जा : लोकतान्त्रिक मगर संघ नेपाल स्याङ्जाको दोस्रो अधिवेशनबाट कुमार राना मगर अध्यक्षमा निर्वाचित भएका छन्।
यस्तै उपाध्यक्षमा.डोलक राना मगर , सचिवमा भिमबहादुर राना मगर , उपसचिव सोमुमाया राना मगर, कोषाध्यक्षमा खिम राना नगर सहित ४१ जना सदस्यहरु निर्वाचित भए। नेकपा एमाले स्याङ्जाको पार्टी कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सांसद् सीता सुन्दास, नेकपा एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रकाश गैह्रे, नेकपा एमाले अर्जुनचौपारी गाउँकमिटी इन्चार्ज चिनमाया गुरुङ लगायतमा व्यक्तिहरु उपस्थित थिए।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्