जहाँ-जहाँ समारोह, त्यहाँ-त्यहाँ अर्जुनचौपारीको स्वास्थ्य सेवा प्रवाह
पौष १८/अर्जुनचौपारी गाउँपालिकाले पञ्चकन्या माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा हेल्थ डेस्क सञ्चालन गरेको छ । बुधबार संचालन गरिएको हेल्थ डेस्कबाट ५४ जनाले सेवा लिएका छन्। जसमध्ये धेरैमा ब्लडप्रेसर तथा रुघाखोकीको समस्या देखिन्थ्यो भने केहीले सामान्य चेक जांँच मात्रै गरेका थिए ।
अर्जुनचौपारी गाँउपालिकाको “स्वास्थ्य सेवामा सबैको पहुँच” पुर्याउने उद्देश्यले पालिकाभित्र हुने सभा गोष्ठी जस्ता कार्यक्रमहरुमा अनिवार्य रुपमा हेल्थ डेक्स राखेर सेवा प्रदान गर्दै आइरहेको छ भने पालिकाबाहिरका स्थानहरुमा समेत आवश्यकता र माग अनुसार सेवा उपलव्ध गराउँदै आएको छ।
यही मंसिरमा मात्र सम्पन्न भएको रोकाहरुको कुलपूजा मन्दिर पुतलीबजार नगरपालिका वडा नं १३ कुमालटारीमा समेत पालिकाले हेल्थ डेस्क सञ्चालन गरी स्वास्थ्य सेवा प्रदान गरेको थियो।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्