छातीरोग सम्बन्धी एकदिने शिविर अर्जुनचौपारीमा सम्पन्न
खबरकलम संवाददाता/पौष २८: क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखरा र अर्जुनचौपारी गाउँपालिका स्याङ्जाको सयुंक्त आयोजना तथा स्वास्थ्य कार्यालय स्याङ्जाको समन्वयमा सञ्चालित छातिरोग सम्बन्धी १ दिने शिविर अर्जुनचौपारी गाउँपालिका वडा नं. २ स्थित अर्जुनचौपारी स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।
अर्जुनचौपारी गाउँपालिका अध्यक्ष श्री प्रकाश तिवारीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त शिविरमा ५०० जना सेवाग्राहीहरुको छातिको एक्स-रे (computerized assisted digital x-ray (AI)) गरिएको थियो।शिविरमा उपस्थित व्यक्ति मध्ये ३८ जनाको खकारको नमुना सङ्कलन गरि गह्रौ-घ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा परिक्षणको लागि पठाइएको छ। उक्त शिविरमा जम्मा ६ जनामा फोक्सोको क्षयरोग पत्ता लागेको छ। शिविरमा सहभागीहरुको लागि अर्जुनचौपारी गाउँपालिकाद्वारा ६ वटै वडामा नि-शुल्क यातायातको व्यवस्था गरेको थियो।
शिविरमा क्षयरोग उपचार केन्द्र, गण्डकी प्रदेश, पोखराका निर्देशक डा.सुनिलराज गौतम, मे.अ. तिलकमानसिंह भण्डारी, ल्याब टेक्निसियन निरिक्षक श्री राजेन्द्र रानाभाट, ल्याब टेक्निसियन श्री नरेन्द्र प्रकाश पौडेल, रेडियोग्राफर निरिक्षक श्री धन प्रसाद रेग्मी, भिरकोट नगर अस्पताल रेडियोग्राफर श्री रञ्जिता तिमिल्सिना लगायतको प्राविधिक टोलीद्वारा शिविर सञ्चालन गरिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्