युवा संघ नेपाल अर्जुनचौपारीको अध्यक्षमा पिताम्बर अर्याल निर्वाचित

खबरकलम संवाददाता/स्याङ्जा: राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

उक्त अधिवेशनबाट नेपाल कम्युनिष्ट पार्टी एमाले निकट युवाहरुको संगठन युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको अध्यक्षमा पिताम्बर अर्याल सर्वसम्मत निर्वाचित भएका छन्।

आज अर्जुनचौपारीमा आयोजना गरिएको गाउँ कमिटी भेलाले अर्याललाई अध्यक्षमा निर्वाचित गरेको हो। उनको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटी निर्वाचित गरिएको जानकारी नेकपा एमाले अर्जुनचौपारी गाउँकमिटी प्रवक्ता अर्जुन गोदारले दिए।‌

उपाध्यक्षमा नवीन गुरुङ, सचिवमा बिनोद खड्का, उपसचिवद्वय राजकुमार रोका तथा असिम चापागाइँ, तथा कोषाध्यक्षमा प्रतिक्षा पौडेल निर्वाचित भएका छन्।‌

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनाल सुशीलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनचौपारी गाउँ कमिटीको दोस्रो अधिवेशनमा नेकपा एमाले स्याङ्जा जिल्ला कार्यसमिति उपसचिव चिनमाया गुरुङ, अनेरास्ववियु केन्द्रीय अनुशासन समिति सदस्य नविन पौडेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

Share Post on Social media