अर्थमन्त्री पौडेल स्याङ्जा आउँदै, विरुवा गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने
स्याङ्जा/माघ २७: नेपाल सरकारका अर्थमन्त्री स्याङ्जा आउने भएका छन्।
अर्थमन्त्री विष्णु पौडेल विरुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न यही फागुन २ गते विरुवा आउने कार्यक्रम रहेको जनाइएको छ।
विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवरका अनुसार भवन उद्घाटन कार्यक्रममा विरुवा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिकर्मी, समाजसेवी, स्थानीय, आमा समूह, युवा क्लव, शिक्षक, पत्रकार लगायत सम्पूर्ण सरोकारवालाहरुलाई आमन्त्रण गरिएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्