नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान एवम् धार्मिक महोत्सव – २०८१
धर्म, अध्यात्म, र सकारात्मक ऊर्जा प्राप्त गर्ने दुर्लभ अवसर
नेपालको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा एउटा ऐतिहासिक कार्य निरन्तर चलीरहेको छ। स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सव – २०८१ भव्य रूपमा आयोजना भइरहेको छ। जुन फाल्गुन ६ बाट सुरु भई १६ गते समापन हुनेछ।
यस ऐतिहासिक तथा धार्मिक महोत्सवलाई सफल बनाउन योगदान पुर्याउनु हुने आयोजक अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष श्री प्रकाश तिवारीज्यू, कार्यक्रम संयोजक श्री टुकराज अर्यालज्यू, तथा व्यवस्थापन समिति अध्यक्ष श्री भरत पोखरेलज्यू एबं सम्पूर्ण सरोकारवालाहरू प्रती हार्दिक आभार कृतज्ञता व्यक्त गर्दछौं। उहाँहरूको अथक प्रयास, समर्पण, र व्यवस्थापनका कारण नै नेपालकै पहिलो नवग्रह मन्दिर अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सव – २०८१ सम्भव हुन गइरहेको छ।
“धर्मस्य मूलं शासनम्” (शासन नै धर्मको मूल हो) भन्ने शास्त्रवचनलाई आत्मसात् गर्दै, गाउँपालिकाले यस धार्मिक अनुष्ठानलाई दिएको विशेष महत्त्व र झुकाव प्रति हामी हृदयदेखि कृतज्ञ छौँ। स्थानीय समुदाय, भक्तजनहरू, तथा सम्पूर्ण सरोकारवालाहरूको निरन्तर समर्थनले यस धार्मिक महोत्सवलाई अझ भव्य र फलदायी बनाउनेछ भन्ने विश्वास छ।
यस अनुपम धार्मिक अनुष्ठानमा चर्चित एवं आदरणीय गुरुज्यूहरूद्वारा प्रवचन, गीता ज्ञान र नवग्रह शान्ति अनुष्ठान भईरहेकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा सहभागी हुन सादर निमन्त्रणा गरिन्छ।
“धर्मो रक्षति रक्षितः”
(धर्मको रक्षा गर्नेले नै धर्मले रक्षा गर्दछ।)
यस धार्मिक अनुष्ठानमा सहभागी भई पुण्य सञ्चय गरौँ, शान्ति प्राप्त गरौँ, र जीवनलाई धर्म, नैतिकता, र संस्कृतिसँग जोडौँ।
नवग्रह अनुष्ठानको आध्यात्मिक महत्व विशेष रहको छ । हिन्दू धार्मिक मान्यताअनुसार, नवग्रहहरू हाम्रा जीवनका विभिन्न पक्षहरूमा प्रत्यक्ष प्रभाव पार्ने शक्ति भएका ग्रहहरू हुन्। ग्रहदशाका कारण आउने समस्या, मानसिक अशान्ति, पारिवारिक तनाव, आर्थिक कठिनाइ तथा स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्तिका लागि नवग्रह शान्ति अनुष्ठान अत्यन्त प्रभावकारी हुने धार्मिक विश्वास छ।
“शान्तिः सर्वत्र विजयते”
(शान्ति नै सबैभन्दा ठूलो विजय हो।)
यस महोत्सवमा सहभागी भएर ग्रह शान्ति, आत्मशुद्धि, आध्यात्मिक उन्नति तथा जीवनमा सकारात्मक ऊर्जा प्राप्त गर्ने अद्वितीय अवसर मिल्नेछ।
धार्मिक महोत्सवका मुख्य आकर्षणहरू
१. नवग्रह शान्ति अनुष्ठानतथा विशेष पूजापाठ तथा हवन।
२.आदरणीय गुरुज्यूहरूद्वारा गीता ज्ञान प्रवचन कर्म, धर्म, र जीवन दर्शन सम्बन्धी मार्गदर्शन।
३. भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरू
४. धर्म, नैतिकता, र संस्कार शिक्षा
५. गुरुहरूसँग विशेष संवाद गर्ने अवसर।
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”
(तिमीलाई कर्म गर्ने अधिकार छ, तर त्यसको फलको अपेक्षा नगर। – भगवद्गीता २.४७)
यस अनुष्ठानमा सहभागी भई आफ्ना कर्मलाई शुद्ध बनाऔँ, धार्मिक जीवनलाई अझ सशक्त बनाऔँ।
विशेष गरी विश्व स्यांगजाबासी दाजुभाई, दीदीबहिनीहरू जो विदेशमा रहनुहुन्छ तर तपाईंका परिवार वा परिवारजन लाई १४४ वर्षमा एकपटक मिल्ने सौभाग्यपुर्ण पवित्र क्षण लाई सदुपयोग गरी धार्मिक, आध्यात्मिक बाटोमा प्रेरित गर्नुहुन सादर अनुरोध गर्दछौ ।सम्पूर्ण श्रद्धालु भक्तजनहरूका लागि विशेष अनुरोध छ—फाल्गुन १६ भित्र अनिवार्य रूपमा नवग्रह मन्दिर पुगेर दर्शन, पूजा, तथा अनुष्ठानमा सहभागी हुन परिवारजनलाई प्रेरित गर्नुस्।
यस धार्मिक महोत्सवमा देश तथा विदेशबाट व्यापक सहभागिता रहेको छ, जसले यस अनुष्ठानको महत्वलाई अझ बढाएको छ। चौथो दिनमा चर्चित क्रिकेटर सन्दीप लामिछानेज्यूको विशेष सहभागिता रह्यो, जसले कार्यक्रममा थप ऊर्जा प्रदान गर्यो।
पाँचौँ दिन संस्कार शिक्षाका प्रख्यात गुरु डा. स्वामी केशवानन्दजी, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रेज्यू, संरक्षक प्रकाश श्रेष्ठज्यू तथा समितिका अन्य विशिष्ट व्यक्तित्वहरूले आफ्नो उपस्थिति जनाउनुभयो। साथै, पूज्य गुरु चैतन्य कृष्णजीको निरन्तर प्रवचनबाट भक्तजनहरूलाई गीता ज्ञान, धर्म, र अध्यात्मबारे गहिरो मार्गदर्शन प्राप्त गर्न अवसर मिल्नेछ।
यस अनुष्ठानमा सहभागी भई धर्म, अध्यात्म, र संस्कारको उज्यालो यात्रामा समर्पित बन्नुहोस्!
यस धार्मिक महोत्सवलाई स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति, दारौंखोला सामीप्य समाज, जिल्ला, पालिका भीत्रका सम्पूर्ण सरकारी, ग़ैर सरकारी, गाऊँ टोल, क्लब, समुह, सुरक्षा निकाय, पत्रकार सवैको संस्थागत सहभागिता प्राप्त भएको छ भने, गाउँपालिकाले यसलाई विशेष अबशर समझेरा सम्मान प्रदान गरेको छ।
यस महोत्सवको परिसरभित्र व्यवस्थित व्यवस्थापन, सुव्यवस्थित सुरक्षा, र सहज वातावरण उपलब्ध गराउने सम्पूर्ण व्यवस्थापन टोलीलाई हार्दिक धन्यवाद। तपाईहरूको अथक परिश्रम र समर्पणले अनुष्ठानलाई भव्य, शान्तिपूर्ण र सफल बनाउन अहम भूमिका निर्वाह गरेको छ।
अर्जुनचौपारी अब धार्मिक पर्यटनको केन्द्र बन्नेछ साथै संस्कार, संस्कृति र अध्यात्मको जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक शान्ति प्रदान गर्नेछ ।
“हरेक ग्रह अनुकूल, हरेक मन शान्त!”
नवग्रह अनुष्ठानमा सहभागी भई जीवनमा सकारात्मक ऊर्जा प्राप्त गरौँ!
जय श्रीकृष्ण! जय सनातन धर्म!
लेखक एमपी अर्याल स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव तथा दरौंखोला सामीप्य समाजका आजीवन सदस्य समेत हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्