कोरोना अपडेट: आज ११११ जनामा संक्रमण पुष्टि

भदौ ११/खबरकलम: पछिल्ला दिनहरूमा कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ। आज नेपालमा १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १२,६२९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका मानिसको संख्या ३५,५२९ पुगेको छ।

Share Post on Social media