स्याङ्जामा एम्बुलेन्स दुर्घटना,२ को मृत्यु

भदौ १४/राम बहादुर रोका: स्याङ्जाको वालिङ नगरपालिकामा काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स दुर्घटना भएको छ ।

सो एम्बुलेन्स वालिङ नगरपालिका -७ , सोतीलाङमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी चापाकोट नगरपालिका ९ का ३५ वर्षका भानुभक्त गैह्रे र वडा नम्वर १० का श्याम पंगेनीको मृत्यु भएको छ।

घाइतेहरु एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, सोही ठाउँकी २८ बर्षीया पवित्रा पोख्रेल रहेको प्रहरीको भनाइ छ । घाईते २ जनाको अवस्था गम्भीर रहेको र, उनीहरुलाई थप उपचारका लागि उद्धार गरी पोखरा पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।

बा २ झ ४०११ नंबरको उक्त एम्बुलेन्स सडकबाट झण्डै ४ सय मिटर तल खसेको थियो।

Share Post on Social media