आज थपिए १२२८ नयाँ संक्रमित

भदौ १८, खबरकलम/काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा १२ सय २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

यो सहित कोरोना संक्रमितको जम्मा संख्या ४२ हजार ८७७  पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार देखिएका नयाँ कोरोना संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।

Share Post on Social media