स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि
खबरकलम/ भदौ १९: स्याङ्जा जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये एक जना कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र भीरकोट नगरपालिका वडा नं ९ का २० वर्षीय पुरुष रहेका छन्।
उनीहरु दुवैजना भारतबाट आएको पुष्टि भएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्