कोरोना केसको नेपालमा नयाँ रेकर्ड

भदौ १९/खबरकलम: देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दो गतिमा चलिरहेको छ। दिनप्रतिदिन नयाँ-नयाँ संक्रमित थपिने क्रम चलिनैरहेको छ।

तर, आज भदौ १९ गते कोरोना भाइरससँग सम्बन्धित हरेक तथ्यले नयाँ रेकर्ड कायम गरेका छन्। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हालसम्मकै सबभन्दा बढी छ।

देशभर संक्रमण हुनेको संख्या, भेन्टिलेटरमा रहनेको संख्या, काठमाडाैं उपत्यकामा देखिने कोरोना, देशभरबाट डिस्चार्ज भएर घर फर्कनेको संख्या आज अन्य दिनको तुलनामा उच्च देखिएको छ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको तथ्यांकलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बताएअनुसार देशभर १ हजार ३ सय १९ संक्रमित थपिएका छन्।

यो हालसम्मकै उच्च हो। जुन अघिल्लो २४ घण्टाको तुलनामा १ सय ३१ ले बढी पनि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो २४ घण्टामा १ हजार २ सय २८ संक्रमित थपिएको बताएको थियो। 

डिस्चार्ज हुनेको संख्या पनि आज बढी नै देखियो। हिजो देखि आजसम्मको आँकडामा १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन्। आज काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिएका छन्। भेन्टिलेटरमा रहनेको संख्या २६ पुगेको छ।

Share Post on Social media