अर्जुनचौपारी गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु

खबरकलम संवाददाता/भदौ २१: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु भएको छ।

कोरोना महामारीको चपेटामा कोही कसैलाई औषधि उपचारबारे जानकारी लिन र उपचार पाउनबाट वञ्चित हुने अवस्था सृजना नहोस् भनी अर्जुन चौपारी गाउँपालिका स्वास्थ्य चौकी र आईपास नेपालको सहकार्यमा टेलिमेडिसिन सेवा सुरु गरिएको गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताइन्।

अब टेलिमेडिसिन सेवा सञ्चालन भएपछि टेलिफाेन, म्यासेन्जर, भाईबर, ईमेल वा अन्य संचारको माध्यमबाट आफ्नाे स्वास्थ्य अवस्थाबारे परामर्श लिन र नजिकबाट सेवा लिन सकिने गुरुङको भनाइ छ।

Share Post on Social media