स्याङ्जामा कोरोना संक्रमण बढ्दै

राम बहादुर रोका/भदौ २८: पछिल्लो समय स्याङ्जा जिल्लामा कोरोना संक्रमण बढ्दो क्रममा देखिँदै गैरहेको छ। दिनप्रतिदिन नयाँ-नयाँ संक्रमित थपिने क्रम चलिनैरहेको छ।

आज चार पुरुष एक महिला गरी पाँच जनामा कोरोना संक्रमण देखा परेको छ।
उहाँहरुमा बिरुवा गाउँपालिकाका २४ वर्षीय पुरुष(वडा नखुलेको, पुतलीबजार नगरपालिका वडा नं ३ का ७६ वर्षीय पुरुष (पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत हुनुहुन्छ) , पुतलीबजार -२ का ३२ वर्षीय पुरुष र पुतलीबजारकै २७ वर्षीय महिला (वडा नखुलेको) रहनुभएको छ।

यसैगरी गल्याङ नगरपालिकाको २१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। र उनको वडा खुलेको छैन।

Share Post on Social media