बहुप्रतिक्षित आईपिएल सुरु

असोज ३/खबरकलम: टि-ट्वान्टी क्रिकेटको सबैभन्दा महँगो र बहुप्रतिक्षित आईपिएल आजबाट सुरु भएको छ।विश्वका महान क्रिकेटर यस प्रतियोगिता खेल्न लालयित हुन्छन्। आजबाट सुरु भएको पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिडिरहेका छन्।

पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्सलाई जितको लागि १६३ रनको लक्ष्य दिएको छ‌।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका महेन्द्र सिंह धोनीको यो पहिलो घरेलु प्रतियोगिता हो।

कोरोना भाइरसको महामारीको कारण भारतमा हुने गरेको खेल यसपटक संयुक्त अरब इमिरेट्समा भएको छ।

Share Post on Social media