बेंगलोरले गर्यो आईपिएलमा विजयी सुरुवात

खबरकलम/असोज ६: संयुक्त अरब इमिरेट्समा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा बेङ्गलोरले डेभिड वार्नरको कप्तानीमा रहेको सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन र नतिजा सुम्पिन पुग्यो ।

आजको खेल राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।

Share Post on Social media