आईपिएलमा राजस्थान र चेन्नई बीच खेल जारी! अपडेट

खबरकलम/असोज ६: संयुक्त अरब इमिरेट्समा जारी आईपिएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भिडिरहेका छन्।

‌ र, राजस्थान रोयल्सले जितको लागि चेन्नईलाई २१७ रनको लक्ष्य दिएको छ।

सन्जु स्यामसन,स्टिभ स्मिथले अर्धशतक बनाए। चेन्नईको लागि अन्तिम ओभर निकै महँगो पर्यो। लुङ्गी इङ्गीडीले जोफ्रा आर्चरबाट लगातार छक्का खाए र तीन नो बल समेत फाले। लुंगी इङ्गीडीले ४ ओभर बलिङ गर्दै ५६ रन दिएर १ विकेट लिए।

Share Post on Social media