निर्दयी पहिरो,पुर्यो सिङ्गै परिवार

खबरकलम संवाददाता/असोज ८: अबिरल वर्षाका कारण गएको पहिरोमा परी स्याङ्जामा घरभित्रै ९ जना पुरिएका छन् । वालिङ नगरपालिका वडा नम्वर १४ तमादीस्थित माया परियारको घर पहिरोले पुरिदा ९ जना घर भित्रै परेका हुन्।

आज बिहान घरमाथिबाट गएको पहिरोले घर पुरेको एक स्थानीयले जानकारी दिनुभयो । १० जनाको परिवार रहेकोमा एक जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने एक जना महिलाको शव बाहिर निकालिएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले जानकारी दिएका छन्।

घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको बताइएको छ । अझै घर भित्रै ८ जना रहेको र दुई जनाको टाउको देखिएको उद्धारमा खटिएका खनालले बताए। प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ।

Share Post on Social media