राजस्थान रोयल्सले भेट्टायो विशाल लक्ष्य

असोज ११/खबरकलम: राजस्थान रोयल्सले किङ्स इलाभेन पंजाबले दिएको लक्ष्य भेट्टाउँदै ४ विकेटले म्याच जितेको छ।

पहिले ब्याटिङ गरेको पञ्जाबले मयांक अग्रवालको शानदार शतकमा राजस्थान रोयल्सलाई २२४ रनको विशाल लक्ष्य दिएको थियो। विशाल लक्ष्य पछ्याएको राजस्थान रोयल्सको तर्फबाट सन्जु सामसनले ४२ बलमा ८५ रन बनाउँदै जिततर्फ डोर्याएका थिए। स्टिभ स्मिथले ५० रन बनाएर आउट भएपछि रनरेट निकै सुस्ताएको थियो। तर, लामो समय क्रिजमा टिकेका राहुल तेबटियाले म्याच जिताउन अहम भूमिका निर्वाह गरे। उनले एकै ओभरमा ५ छक्का प्रहार गरे।

राजस्थान रोयल्सले १९.३ ओभरमा ६ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य भेट्टाउँदै खेल जित्यो।

Share Post on Social media