स्याङ्जामा थप ३ संक्रमित थपिए

असोज १३/राम बहादुर रोका: स्याङ्जामा थप ३ जना पुरुषमा कोरोना संक्रमण देखा परेको छ ।

संक्रमित हुनेमा पुतलीबजार नगरपालिका – १ का ३० वर्षीय एक पुरुष, र वडा-३ का १७ वर्षीय पुरुष र, आँधिखोला गाउँपालिका -३ का १९ वर्षीय पुरुष छन्।

साथै जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार स्याङ्जा जिल्लामा हालसम्मको कोरोना विवरण हेर्दा जम्मा संक्रमित ३९८ जना हुनुहुन्छ भने ३७५ जना निको भई आइसोलेसनबाट घर फर्केका छन् भने अब आइसोलेसनमा रहेकाको संख्या २० छ। कोरोनाको कारण हालसम्म जिल्लामा ३ जनाको भएको छ।

Share Post on Social media