युएईमा जारी आईपिएलमा चेन्नईको लगातार तेस्रो हार

असोज १६/अन्तर्राष्ट्रिय: युएईमा जारी तेह्रौ संस्करणको ड्रिम-११ आईपिएलमा सनराइजर्स हैदराबादले जितको लागि दिएको १६५ रनको लक्ष्य चेन्नई सुपर किङ्सले नभेट्दा ७ रनले खेल गुमाउन पुगेको हो।

हैदराबादका प्रारम्भिक ब्याट्सम्यान जोनी ब्यस्ट्रो शून्य रनमै पेभिलियन फर्किए पनि मध्यक्रमका ब्याट्सम्यान चम्किँदा चेन्नईले सम्मानजनक लक्ष्य पाएको थियो।

चेन्नईको लागि रविन्द्र जडेजाले अर्धशतकीय पारी खेलेपनि टिमलाई हारबाट जोगाउन सकेनन्। कप्तान महेन्द्र सिंह धोनीले ४७ रनमा अविजित रहे।

आज २ वटा खेल हुनेछन्। पहिलो खेल बैङ्गलोर र राजस्थान बीच हुनेछ। भने दोस्रो खेलमा दिल्ली र कोलकाता नाइट राइडर्स भिड्ने छन्।

Share Post on Social media