सन्दर्भ एमसीसी : वैदेशिक सहायताभित्र लुकेको तीतो यथार्थ

नेपालको विकास प्रयासमा विदेशी सहायता परिचालनको इतिहास झन्डै सात दशक पुरानो छ। वि. सं. २००७ को परिवर्तनपश्चात संवत् २००९ मा नेपालले विभिन्न राष्ट्र सम्मिलित कोलम्वो प्लानको सदस्यता प्राप्त गर्‍यो । सोअन्तर्गत नेपालका कैयौं विद्यार्थीले विभिन्न प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्ने मौका प्राप्त गरे। यही कोलम्वो प्लानको नाउँबाटै पछिसम्म पनि जुनसुकै छात्रवृत्तिमा विदेश पढ्न जानेजतिलाई प्लान जाने वा प्लान गएको भन्न थालियो ।

त्यसैगरी अमेरिकी सरकारको सहयोगमा त्रिभुवन ग्राम विकास कार्यक्रम सन् १९५३ देखि र राप्ती दून विकास परियोजना सन् १९५४ देखि सञ्चालनमा ल्याइएका थिए।

Share Post on Social media