संखुवासभा बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

फागुन २६/काठमाडौं: संखुवासभा जिल्लामा आज भएको बस दुर्घटनामा मृतकको संख्या १३ पुगेको जानकारी संखुवासभा प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले दिएका छन्।

बा ४ ख ७३५ नम्बरको बस बिहानै सातघुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस दुर्घटनासँगै ३५० मिटर तल खसेको जनाइएको छ।

मृतकमा त्यसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको तथा घाइते पाँच जनालाई अस्पताल लगिएको र अहिले पनि उद्धार कार्य जारी रहेको जानकारी प्राप्त भएको छ।

Share Post on Social media