सिद्धार्थ राजमार्ग आजबाट ३ घण्टा अवरूद्ध हुने

असोज २६/खबरकलम संवाददाता: तराई र पोखरा जोड्ने मुख्य राजमार्गको रुपमा रहेको सिदार्थ राजमार्ग आजबाट दैनिक ३ घण्टा अवरूद्ध हुने भएको छ।

वर्षातको कारण ठाउँ-ठाउँमा खसेको पहिरो पन्छाउनका लागि दैनिक ६ बजेदेखि ९ बजेसम्म बिहान सबैखाले सवारीसाधनलाई निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

राजमार्गको स्याङ्जा/कास्की सडकखण्डमा भने अवरुद्ध हुने छैन।‌

Share Post on Social media