र्‍याप गायक भिटेन (समीर लिम्बु) खोज्दै प्रहरी

कार्तिक १३/काठमाडौं:

प्रहरीले र्‍याप गायक भिटेन (समीर लिम्बु) को खोजी कार्य तिव्र बनाएको छ।

समिर घिसिङ ‘भिटेन’ ले हालै सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

भिटेनले हालै सार्वजनिक गरेको “पारा” बोलको गीतमा छाडा शब्द “माल” लगायतका अन्य राखेर गीत बनाएपछि प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मका सबैलाई पक्राउ गर्न निर्देशन दिएको हो।

छाडा शब्दहरु प्रयोग गरेकै कारण यसअघि पनि उनलाई प्रहरीले पक्रेको थियो।

Share Post on Social media