कालिका पुस्तकालयले आयोजना गरेको खुल्ला तीज गीत प्रतियोगितामा सिर्जनशील आमा समूह प्रथम

भदौ १५/स्याङ्जा : कालिका पुस्तकालय भीरकोटको आयोजना संचालन गरिएको खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।१७ औं पुस्तकालय दिवस तथा हरितालिका तीजको अवसरमा आयोजनामा पुस्तकालय र क्याम्पसको प्राङ्गणमा  आयोजना  गरिएको  प्रतियोगितामा सिर्जनशील आमा समूह, तिलाहार प्रथम भएको छ।

यसैगरी  मनकामना महिला कृषक समूह, अर्जुनचौपारीले  द्वितीय स्थान प्राप्त गरेको छ भने  महिला मिलन आमा समुह , पुतलीबजारले तृतीयले तृतीय स्थान प्राप्त गरेको छ। गृहलक्ष्मी आमा समुह, भीरकोटले सान्त्वना स्थानमा चित्त बुझाएको छ।

प्रतियोगिताका विजेता आमा समुहहरूले नगद पुरस्कार प्राप्त गरेका छन्। प्रथम, द्वितीय , तृतीय  र सान्त्वना भएका आमा समुहहरूले नगद रू १५ हजार, १० हजार ५ हजार र ३ हजार रूपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा १५ वटा आमा समुहहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायकको भूमिकामा लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष नेत्र खड्का, पब्लिक आवाजका सम्पादक अमृत अर्याल, वरिष्ठ कृषि अधिकृत माधव लम्साल र नृत्य निर्देशक सगुन थापा रहनुभएको थियो।

सहभागीहरूले  भौतिक विकास, सामाजिक विकृती, कृषकका पीडा, शिक्षा, रोजगारी , महिला सशक्तीकरण , संस्कार शिक्षा लगायतका विषयवस्तुहरूलाई गीतको लयमा व्यक्त गरेका थिए।

पुस्तकालयको स्तरोन्नति र विकासको लागि खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष श्याम अर्यालले जानकारी दिनुभयो। प्रतियोगिता र पुस्तकालयको निम्ति अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका र खुमा अर्याल फाउण्डेसन र शुभेच्छुकहरूले आर्थिक सहयोग गरेका छन्।

Share Post on Social media