परिषदको छन्दोबद्ध कविता बाचन सम्पन्न

पोखरा/फागुन १५: नेपाली भाषा शिक्षक परिषद कास्की,नेपालको आयोजनामा माध्यमिक तहस्तरीय छन्दोबद्ध कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।

बालप्रभात बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न विद्यालयका ३१ जना प्रतियोगी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका प्रमुख नेपालहरि रानाभाटको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।प्रमुख अतिथिले परिषद्ले गरेका कार्यक्रमको प्रशंसा गर्नुभएको थियो।छन्दोबद्ध कविता वाचन कार्यक्रममा पोखरा मा.वि का प्रशंसा त्रिपाठी प्रथम, डायमण्ड मा.विका पुनम भण्डारी द्वितीय,पोखरा चिसाखोला वेद विद्याश्रमका नवराज लम्साल तृतीय र केफ माविका आइसा पराई र ज्ञानसागर एकेडेमीका सरिस्मा बास्तोला सान्त्वना स्थान प्राप्त गर्न सफल भए ।

,संस्कृत क्याम्पस बगरका क्याम्पस प्रमुख उपप्रा. डा जगन्नाथ रेग्मी र छन्द बचाउ अभियानका अभियान्ता माधव वियोगी निर्णायक रहनुभएको कार्यक्रममा सल्लाहकार सहप्रा.डा यमनाथ तिमिल्सिना, बोधराज ढकाल, लोकचन्द्र खनाल ,डोलराज अर्याल,दिनेश सापकोटा र बाल प्रभात बोर्डिङ स्कुलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर कुँबर लगायतले मन्तव्य दिनुभएको थियो । परिषद्का सदस्य नारायण पराजुलीले संयोजन गर्नुभएको कार्यक्रमको सभापतित्व  परिषदका अध्यक्ष डिल्लीराम अर्यालले गर्नुभएको थियो भने सञ्चालन सचिव सूर्य प्रसाद लम्सालले गर्नुभएको थियो ।

Share Post on Social media