स्याङ्जालीको रातो कम्मल

चैत २०/ शुक्रबार: स्याङ्जाका शिक्षकको एक समुहले रातो कम्मल नामक गीत बजारमा ल्याएको छ।

निकै छोटो समयमा टिकटकमा निकै मन पराइएको यो गीत युवा पुस्तालाई बढी छुने खालको रहेको छ।

सुनिता बुढा छेत्री र बिश्व बिनोदकाे स्वर रहेको यस गीतमा लय/शब्द उत्तम अधिकारी, रामचन्द्र न्यौपाने र दुर्गा प्रसाद कोईराला रहेको छ । रामचन्द्र न्यौपाने, उत्तम अधिकारी, दुर्गा प्रसाद कोईराला, रघुनाथ भट्टराई, गौरव भट्टराई र शिशिर आचार्य निर्माता रहेको गीतमा मोडेलको भूमिका करिश्मा ढकाल र सन्जिब ठकुरीले निभाएका छन् भने कोरियिग्राफी रुपेश श्रेष्ठले गरेका छन्।

भावना म्युजिक साेलुसनले बजारमा ल्याएकाे उक्त गीत चर्चाको शिखरमा छ।

Share Post on Social media