बिक्रम परियार र अमृता श्रीपालको नयाँ गीत आउँदै

चैत २१/ काठमाडौं: पछिल्लो समयमा बिक्रम परियार निकै चल्तीका गायक हुन्।

उनले स्वर भरेका गीतहरु एकपछि अर्को गर्दै बजारमा तहल्का मच्चाईरहेका बेला उनको फेरी अर्को गीत ” मदानीमा नेती” बजारमा आउन लागेको हो।

अमृता श्रीपालको गीत मदानीमा नेतीमा उनै बिक्रम परियारले संगीत तथा स्वर भरेका हुन्।

गुन्द्रुक मीठो सागको, चौतारीको बर, आधा माया, बाँचेको छु धन्न लगायतका थुप्रै गीतमा निकै मधुर स्वर भरेका गायक बिक्रम परियारले यो गीतमा निकै मिहेनत गरेको र सफल पारिदिनुहुन सबै श्रोता दर्शकलाई अनुरोध समेत गरेका छन्।

बाबा इन्टरटेनमेन्ट टिभी तथा कृतिका इन्टरटेनमेन्टले उक्त गीत बजारमा ल्याउन लागेका हुन्।

Share Post on Social media