स्याङ्जामा फेरी थपियो निषेधाज्ञा

जेठ १४/स्याङ्जा: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आउँदो जेठ २५ सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

जेठ १५ गते सम्मका लागि जारी गरिएको निशेधाज्ञालाई बढाएर जेठ २५ गते सम्म पुर्याइएकोे जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।


सो अवधिमा राजश्व संकलन, विपद् व्यवस्थापन र सरकारी कामकाजका लागि बाहेक बैंकिङ्ग सेवा समेत पूर्ण रुपमा बन्द गरिने भएको छ । बैकिङ्ग सेवा बन्द भएपनि एटिएम सेवा भने सुचारु राखिने छ ।
औषधीजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिएका छन्। अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन समेत प्रशासनले आग्रह गरेको छ ।

Share Post on Social media