मार्मिक शब्द रचनाकार शिव अखेलीको शब्दमा तिज गित कोसेली लैजा चरी सन्देश(गाउँ जाने जिप-३) सार्वजनिक

साउन ४/राम बहादुर रोकाहा: मार्मिक शब्द रचनाकार शिव अखेलीको शब्दमा तिज गित कोसेली लैजा चरी सन्देश(गाउँ जाने जिप-३) सार्वजनिक भएको छ।

“डाँडा पारी दिदिबहिनी डाँडावारी हामी अहिले पनि रुनि होला मुटु छामीछामी” यो तिजमा तिम्लाई लिन आउनी रहर छ , क्यारम तनि दिदी क्यारम तनि बहिनी लिन आउने बाटोमा कोरोनाको दोस्रो लहर छ ।। मार्मिक शब्द रचना गर्ने मार्मिक सर्जक शिव अखेली जसको भिर्नी झोलामा , बाटैमा भाइरस लगायतका गित करोड क्लबमा रहेका छन् ।

उनै सर्जक शिव अखेलीको शब्दमा रहेको गित हो लैजा चरी सन्देश(गाउँ जाने जिप-३), जसका शब्दले यो तिजमा प्रायः को आँखाबाट आँसु नखस्ला भन्न सकिन्न । स्याङ्जाका गायक सन्तोष आर.डि र गायिका तारा पौडेल श्रेष्ठको स्वरमा रहेको यो गितले सम्पूर्ण चेलीको मन पक्कै पनि रुझाउने छ,अत्यन्तै मार्मिक यो गितका शब्दले विशेष महत्त्व भने राखेको छ ।

विश्वभरी महामारीका रुपमा लिएको कोरोना भाइरसका कारण तिजमा माइत जान नपाएकी चेलीको व्यथालाई आधार बनाई सर्जक शिव अखेलीको मार्मिक शब्द र गोबिन्द पौडेलले बनाएको लयमा तयार भएको यो भिडियो डिजिटल स्टार पोखराका प्रोपाइटर एवं कुशल एरेन्जर तारानाथ आचार्यको निर्देशन रहेको छ भने छायांकान प्रमोद गुरुङले गरेका हुन् ।

सुर्यमान श्रेष्ठको व्यवस्थापन रहेको उक्त भिडियोमा चर्चित अभिनेत्री स्याङ्जाली चेली अप्सना थापाको मुख्य भुमिका रहेको छ भने उनलाई सन्तोष पोख्रेलले साथ दिएका छन् । पर्दा बाहिर रहेर पनि भिडियोमा कुनै कमि नछोड्न आफुले सकेसम्मको मिहिनेत गरेर समीर रामदामले सम्पादन र सुबास अम्गाईले उक्त गितमा रङ्ग संयोजन गरेका छन् ।

हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=DJYRC-OmAfE

Share Post on Social media