नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु

साउन २०/रवि थापा: नयाँ संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल , मिस स्कुवा इन्टरनेसनल , मिस लण्डस्केप इन्टरनेसनल मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षा देखि अर्को एउटा ताज सहमेत थप गरी यो वर्षा बाट ५ जना सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ। सहभागीले भदौ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

राजधानीको ठमेलस्थित होटल नेपालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष राम के सीले जानकारी गरउनु भयो । पछिल्लो तीन वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले साउन २० देखि भाद्र ११ सम्म नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइयो । अन्तिम अडिसनका लागि भने होटल नेपालयमा भदौ १९ मा गरिने श्री प्रशाद शर्माले बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने किरियो ग्राफर रोजिन शाक्यले बताउनु भयो । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष केसीको भनाई छ।

पत्रकार सम्मेलनमा मिस ग्रान्ड नेपाल टुरिजम प्रीति पौडेल , मिस ग्रान्ड नेपाल लण्डस्केप अस्मिता ढुंगाना , किसन राज सिंह , उनीहरूले मिस ग्रान्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे।

मिस ग्रान्ड नेपाल २०२१ का बिजेताले नगदको साथै, मोबाइल फोन , कम्पनी ambassador र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२१ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। कार्यक्रमको फारम आउदो साउन २० गते बाट देश भर खुल्ला गरिने छ , भने अडिसन, पोखरा, बिराटनगर ,बुटवल, चितवन, धरान ,लागाएतका विभिन्न सहर हरुमा हुने र मेगा अडिसन काठमाडौँमा गरिने आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ४५ दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै असोजको दशैंको घटस्थापनाका दिन गरिने बताउनु भयो।

अडिसन स्थान हुने र मिति।
– साउन २८ गते पाल्पा , साउन ३० गते पोखरा , भदौ ३ गते चितवन , भदौ ५ गते बिराटनगर , भदौ ९ ,गते धारन , भदौ १३ ,गते बुटवल , भदौ १५ ,गते हेटौडा , भदौ २० ,गते काठमाडौँ

Share Post on Social media