भीरकोट जेसिसको चौथो साधारणसभा सम्पन्न

पौष ११/स्याङ्जा: भीरकाेट जेसीजकाे चाैथाे साधारणसभा र तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।

उक्त अधिवेशनले वर्ष २०२२ का लागि सर्वसम्मत अध्यक्ष पदमा जेसी कृष्ण प्रसाद पाैडेललाई‌ चयन गरेको छ।

यसैगरी का.का उपाध्यक्ष : जेसी शिव प्रसाद खनाल, का.का उपाध्यक्ष : जेसी शिर्जना गाैतम, महासचिव : जेसी सुन्दर काेईराला, काेषाध्यक्ष : जेसी विजय गुरूङ, कानुनी सल्लाहकार : जेसी भरत खडका, उपाध्यक्ष : जेसी विमला रेग्मी श्रेष्ठ, उपाध्यक्ष : जेसी रिवन विश्वकर्मा, उपाध्यक्ष : जेसी रूद्र ढुङगाना, उपाध्यक्ष : जेसी ज्याेति थापा, शाखा निर्देशक : जेसी गेमा सारू , अध्यक्ष सल्लाहकार : जेसी सुशील ठकुरी, बाेर्ड सल्लाहकार : जेसी वर्षा पंगेनि चयन भएका छन्।

केही समय अघिमात्र पोखरामा जेसिसको राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो।

Share Post on Social media