पृथ्वी जयन्तीको अवसरमा भीरकोट नगरपालिकाले पनि दियो सार्वजनिक बिदा

पौष २६/स्याङ्जा: पृथ्वी जयन्तीको अवसरमा भीरकोट नगरपालिकाले पनि सार्वजनिक बिदा दिने भएको छ।

भीरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले एक विज्ञप्ति जारी गर्दै पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानको भूमिकाको सम्मान र कदर गर्दै बिदा दिइएको जनाएका छन्।

भीरकोट नगरपालिका क्षेत्रभित्र रहेका विद्यालय, बैंक तथा सहकारी, सरकारी निकाय सबै बन्द हुने जनाइएको छ।‌‌

Share Post on Social media