आमाको सम्झनामा एमपी अर्यालले ल्याए मर्मस्पर्शी गीत “आमा मेरी आमा”
चैत २५/काठमाडौं: नेपाली सांगीतिक धरातलमा स्व. आमाको सम्झनामा नयाँ गीत ‘आमा मेरी आमा’ सार्वजनिक भएको छ ।
एमपी अर्यालको स्वर रहेको गीतमा पुस्तकप्रसादको शब्द तथा संगीत छ। उदय राज पौडेलले यसको एरेन्ज गरेका छन्। म्युजिक नेपाल कम्पनीको युटुब च्यानलमार्फत यो गीत बजारमा आएको जानकारी एमपी अर्यालले दिएका छन्।
आमाको नाममा धेरै गीत गाइएपनि दिवङ्गत आमाको सम्झनामा गाइएको यो गीत एकदमै कर्णप्रिय छ । आफ्नी आमा स्व मायादेबी अर्यालको सम्झनामा गायक एमपी अर्यालले यो गीत बजारमा ल्याएका हुन् ।
साहित्यमा रुचि राख्ने स्याङ्जाली साहित्यकार एमपीको गायनमा भने यो पहिलो प्रयास हो। उनको आमा गीतमा विशेष गरी आमा गुमाएको पीडा गहिरो र मार्मिक रुपमा व्यक्त गरिएको छ। दिवंगत आमाहरुप्रति समर्पित यो गीतले मानिसको जीवनमा आमाको महत्व र ममता कत्तिको महत्वपूर्ण छ भन्ने कुरा देखाइएको छ ।आमा गुमाउनेहरुलाई यो गीतले निकै भाबुक बनाउन सक्छ।
प्रिन्स डेनियलले निर्देशन गरेको भिडियोमा महेन्द्र ढकाल, जयन्ती मोक्तान, ईश्वरी बराल र बाल कलाकार कैराब भुषालको अभिनय देख्न सकिन्छ। संजय अधिकारीको छायांकन रहेको भिडियोलाई विजय भुर्तेलले सम्पादन, कलरिङ्ग, र मास्टरिङ्ग गरेका हुन्।
गीतलाई यहाँबाट हेर्न र सुन्न सकिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्