देशव्यापी टिकटक भिडियो प्रतियोगितामा स्याङ्जाकी काफ्ले प्रथम

साउन १४/काठमाडौं: राष्ट्रिय युवा संघ साइबर सर्कलद्वारा आयोजित टिकटक प्रतियोगितामा क्रियटिभ विधातर्फ स्याङ्जा जिल्लाकी पवित्रा काफ्ले प्रथम भएकी छिन्।

देशभरका विभिन्न व्यक्तिहरुको टिकटक भिडियोबाट उनको भिडियो छानिएर प्रथम स्थान हासिल गर्न सफल भएको हो।‌ प्रथम स्थान हासिल गरेसँगै उनले नगद रु एक लाखको चेक समेत प्राप्त गरिन्।‌‌

पवित्रा काफ्ले गीत तथा संगीतको क्षेत्रमा क्रियाशील छन्। उनी प्रसिद्ध नृत्यकार तथा राष्ट्रिय जनसांस्कृतिक कलाकार संघको केन्द्रीय सचिवालय सदस्य समेत हुन्।

Share Post on Social media