तेश्रो कोखे महोत्सव भलिबलमा तेश्रो स्थानका लागि प्रगतिशील युवा क्लब र गल्याङ भिड्दै

कार्तिक ९/वालिङ: नवज्योति जनसेवा युवाक्लबले आयोजना गरेको तेश्रो कोखे महोत्सवमा सञ्चालन गरिएको भलिबल प्रतियोगितामा तेश्रो स्थानका लागि अहिले प्रगतिशील युवा क्लब र गल्याङ भलिबल क्लब भिड्दै छन्।‌‌

आजै हुने उपाधिका लागि यसअघि नै मिसन थ्रीस्टार क्लब काउले र वालिङ भलिबल क्लब फाइनल प्रवेश गरिसकेका छन् भने फाइनल खेल दिउँसो १ बजे हुने आयोजकले जनाएको छ।

विविध साँस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको तेश्रो कोखे महोत्सव पनि आजै समापन हुनेछ।

Share Post on Social media