स्याङ्जामा परीक्षा हलबाट विद्यार्थीको मोबाइल चोर्ने शिक्षक पक्राउ

माघ ११/स्याङ्जा: परीक्षा हलबाट आफ्नै विद्यार्थीको मोबाइल चोरेको आरोपमा गार्ड बसेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।


कास्कीको पोखरा महानगरपालिका -१९ का २१ वर्षीय किरण तिवारीलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा गत साउन महिनामा संचालन भएको स्नातक तह दोस्रो वर्षको वार्षिक परिक्षामा मोबाइल फोन डेस्कमा राखी सहभागी भएकी विद्यार्थीको सोही हलमा परिक्षा गार्ड बसेका कम्प्युटर पढाउने शिक्षक तिवारीले मोबाईल चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको हो ।


अनुसन्धानको क्रममा तिवारीले चोरेको भिभो कम्पनीको मोबाईल बरामद समेत भएको र उनलाई चोरी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।


पक्राउ परेका तिवारीले तत्कालीन समयमा त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा विभिन्न तहमा अध्यनरत विद्यार्थीहरुलाई कम्प्युटर विषय पढाउँदै आएपनि वर्तमान समयमा क्याम्पसमा कर्मचारीको रुपमा नरहेको उक्त क्याम्पस प्रशासनले जनाएको छ ।

Share Post on Social media