अति विपन्न परिवारका लागि सहारा बन्दै अर्जुनचौपारी गाउँपालिका र दलित उत्थान केन्द्र

माघ २१/दीपक सुनार: अर्जुनचौपारी गाउँपालिका र दलित उत्थान केन्द्रको समन्वयमा सञ्चालन गरिएको कार्यक्रम अति विपन्न परिवारका लागि सहारा बन्दै गएको छ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको दलित उत्थान केन्द्रले सहारा भरोसा नभएका अतिविपन्न परिवार, वृ्द्ध एकल महिला, तथा अभिभावक गुमाएका बालबालिकाको हकहित र शिक्षाका लागि सहयोगगार्थ रकम संकलन अभियान सञ्चालन गरी अर्जुनचौपारी गाउँपालिकाको विशेष सहयोगमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। यसै अभियान अन्तर्गत अर्जुनचौपारी गाउँपालिका वडा न.४ की बृद्ध एकल महिला तथा दम रोगको बिरामी पूर्णकुमारी बि कको घर, शौचालय निर्माण तथा सो घरमा बिजुली जडान कार्य अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

यसै बीचमा वडा न.४ सुनारटोलमा रहेकी सहारा भरोसा नभएकी एकल महिला विष्णुमाया सुनारको घरमा समेत विद्युत जडान गरिएको छ। कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाकी उपाध्यक्ष सपना गुरुङ वडा न ४ का वडाध्यक्ष भुवन सिंह गुरुङ प्रेस सेन्टर गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले लगायत समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा पालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले गरेको कामको उच्च मूल्यांकन गर्दै पालिकाले गरिब तथा विपन्न वर्ग उत्थानको लागि निशुल्क एम्बुलेन्स सेवा जनप्रतिनिधिको सेवासुविधा कटौती गरी कल्याणकारी कोष स्थापना गर्ने, अभिभावक गुमाएका टुहुरा बालबच्चाका लागि शिक्षा स्वास्थ्यको जिम्मा लिने तथा जस्तोसुकै सहयोग गर्ने वाचा गरेका छन्।

दलित उत्थान केन्द्र अर्जुनचौपारीका अध्यक्ष दिपक विश्वकर्माले हालसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेका थिए भने कुमार सुनारले गरेका थिए।

Share Post on Social media