स्याङ्जा जिल्लाका दुई जना फरार अभियुक्त पक्राउ

साउन २/स्याङ्जा: जिल्ला प्रहरी स्याङ्जाले विभिन्न मुद्धामा सजाय पाई फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ।

जिल्ला अदालत स्याङ्जाबाट सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ९ दिन कैद तोकिई फरार रहेका स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वडा नं ४ बस्ने ५४ वर्षीय दुर्गबहादुर गुरुङ र कर्तव्य ज्यान मुद्धामा ४ वर्ष ११ महिना १० दिन कैद तोकिई फरार रहेकी जिल्ला स्याङ्जा भीरकोट नगरपालिका वडा नं ७ बस्ने ४३ वर्षीया जमुना अर्याललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा साउन १ गते पक्राउ गरेको हो।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ।

Share Post on Social media