निर्माण व्यावसायीहरुले दिए जिल्ला प्रशासन कार्यालय स्याङ्जामा धर्ना
साउन १४/राम बहादुर रोकाहा: स्याङ्जाका निर्माण व्यावसायीहरुले जिल्ला प्रशासन कार्यालय स्याङ्जामा एक कार्यक्रम आयोजना गरी धर्ना दिएका छन् ।
उक्त कार्यक्रममा निर्माण कार्यको बाँकी रकम भुक्तानी गरिनुपर्ने , विगतको म्याद थपको आदेश उपयोग नभएकोले सो आदेशलाई संशोधन गरी पुन: म्याद थपको आदेश जारी गर्नुपर्ने, मूल्यवृद्धिलाई सम्वोधन गरी मूल्य समायोजन गरिनुपर्ने , बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने लगायतका विभिन्न ९ बुँदे मागहरु सहित धर्ना दिइएको निर्माण व्यावसायी संघ स्याङ्जाका महासचिव कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए।
उनका अनुसार माग सम्बोधन नभएको खण्डमा महासंघको नेतृत्वमा आन्दोलनका थप सशक्त कार्यक्रमहरु गर्न बाध्य हुने बताइएको छ। जिल्ला प्रशासन कार्यालयले भने यस विषयमा सरोकारवालासँग छलफल गरी निष्कर्षमा पुग्ने बताएको छ।
Share Post on Social media
आफ्नो प्रतिक्रिया दिनुहोस्