वालिङमा रक्तसञ्चार इकाइको उद्घाटन गरियो, अब सेवामा सहजता

भदौ १९/वालिङ: वालिङ नगरपालिका र गह्रौं अस्पताल वालिङको सहयोगमा रक्त संचार इकाइको उद्घाटन भएको छ।

वालिङ जेसिजले आफ्नो पदस्थापन कार्यक्रममा यो सेवा वालिङमै उपलब्ध गराउने पहल गर्ने प्रतिबद्दता गरेको स्मरण गराउँदै वालिङ नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र स्वास्थ्य शाखामा पहल गरिरहेको थियो।

नेपाल रेडक्रसको स्थापना दिवसको अवसरमा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले उक्त रक्तसञ्चार इकाइको उद्घाटन गरेको जानकारी वालिङ जेसिसका अध्यक्ष मणिप्रसाद अर्यालले दिए।

रक्तसञ्चार इकाइको उद्घाटन भएपछि अब वालिङमै रक्तसेवा पाइने भएको छ।

Share Post on Social media