कृषि विकास स्रोत केन्द्र वालिङ र विरुवा गाउँपालिकाको सहकार्यमा दुई दिने बाली विकास तालिम सम्पन्न

कार्तिक १४/जीवन अर्याल: कृषि विकास स्रोत केन्द्र वालिङ र विरुवा गाउँपालिकाको सहकार्यमा दुई दिने गुणस्तरीय खाद्यान्न बाली बीउ उत्पादन तथा भण्डारण तालिम सम्पन्न भएको छ।‌

विरुवा गाउँपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्तिक १३ र १४ गते गरी दुई दिनसम्म सञ्चालित उक्त तालिम कार्यक्रममा विरुवा गाउँपालिकाका स्थानीय ३२ जना किसानहरुको सहभागिता रहेको थियो। गण्डकी प्रदेश कृषि निर्देशनालय पोखराका प्रमुख वासुदेव रेग्मीको प्रमुख सहजीकरण तथा कृषि विकास स्रोत केन्द्र वालिङका प्रमुख सुदिप रेग्मी र आईबिएम सहजकर्ता लालबहादुर पंगेनीको सहजीकरणमा उक्त तालिम सम्पन्न गरिएको जानकारी विरुवा गाउँपालिकाका कृषि अधिकृत तथा तालिमका सञ्चालक सारस मरासिनीले जानकारी दिए।‌

राम धान र सावित्री धान लगाएका किसानहरुलाई उक्त धानबाटै कसरी उन्नत बीउ उत्पादन गर्ने भनी तालिम दिइएको र उन्नत जातको बीउ उत्पादन गरी खेतीबालीको उत्पादनमा वृद्धि गर्ने सम्बन्धी सीप र तालिम प्रदान गरी उत्पादकत्व बढाउन गाउँपालिकाले समन्वय गरेको भनाइ कृषि अधिकृत मरासिनीको छ।‌

उक्त तालिम कार्यक्रमको उद्घाटन विरुवा गाउँपालिकाकी उपाध्यक्ष भगवती शर्मसले गरेकी थिइन् भने समापन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरले गरेका थिए।

Share Post on Social media