राममन्दिरको प्राण प्रतिष्ठाको खुशीयालीमा वालिङमा दीप प्रज्वलन एवम् कीर्तन कार्यक्रम गरियो

माघ ८/नवराज पौडेल: विश्व हिन्दु महासंघ स्याङ्जा, विश्व हिन्दु युवा संघ स्याङ्जा र विश्व हिन्दु महासंघ वालिङको संयुक्त आयोजनामा राम जन्मभूमि अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा आज वालिङ मोडमा दीप प्रज्वलन एवम् भजन कीर्तन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डेले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि विश्व हिन्दु हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्र प्रसाद पराजुली ,अन्य अतिथिहरुमा विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नवराज पौडेल , विश्व हिन्दु महासंघ वालिङ नगरका अध्यक्ष सिताराम अधिकारी,वालिङ नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलिप प्रताप खाँण , विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पदम प्रसाद पाण्डे लगायत विभिन्न सामाजिक एवम् धार्मिक व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पण्डित नेत्र प्रसाद पराजुलीले भगवान रामको बारेमा चर्चा गर्नुभएको थियो। उहाँले ससारभरीका हिन्दुहरुको उत्सवको दिन भएको र आज ५०० वर्ष देखिको सपना पूरा भएको भन्दै यो कामको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी,उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई धन्यवाद दिनु भएको थियो। उहाँले राम लक्ष्मण जस्तै व्यक्तित्वको अहिले आवस्यकता भएको कुरा बताउनुभएको थियो।

कार्यक्रममा विश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नवराज पौडेल , विश्व हिन्दु महासंघ केन्द्रीय सदस्य पदम प्रसाद पाण्डे , विश्व हिन्दु महासंघ वालिङ नगर अध्यक्ष सिताराम अधिकारीले भगवान रामप्रति आस्था राख्नेहरूको लागि आज विशेष उत्सव भएको कुरा बताउनुभएको थियो। दीप प्रज्वलन सहित भजन कीर्तन गरी आज उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको सञ्चालन सचिव भुपराज बगालेले गर्नुभएको थियो।

Share Post on Social media