स्याङ्जामा करेन्ट लागेर एकको मृत्यु

माघ १४/राम बहादुर रोकाहा: स्याङ्जामा करेन्ट लागेर एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका-८ काहुलेकी ५० वर्षीय चन्द्र कुमारी सुनार रहेकी छन् । आइतबार दिउँसो घाँस बोकेर घर फर्कने क्रममा घाँसले बिजुलीको पोलमा छुँदा करेन्ट लागेर घटनास्थलमै सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल स्याङ्जामा पठाइएको र घटना बारे आवश्यक अनुसन्धान भइरहेको डिएसपी रानाले बताए ।

Share Post on Social media